क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु

मङ्लबार, साउन २०, २०७७, काठमाण्डाै । 

पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।

मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

उनको शव के गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै