
शुक्रबार, साउन ३०, २०७७, काठमाण्डाै ।
गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ५९४ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ७,९१३ जनामा सक्रिय सङ्क्रमण छ भने १७,०७७ जना भाइरसमुक्त भएका छन्।