Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी : कार दुर्घटना

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

काठमाडौँ । गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५ बसपार्क नजिकै भएको कार दूर्घटनाबारे नायिका तथा मोडल परमिता राणाले मुख खोलेकी छिन् । मादक पदार्थ सेवन गरेर चार जना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भएको थियो ।

दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रु को थिए भन्ने बारे चाहिँ प्रहरी आधिकारिक रुपमा मौन थियो । समाजिक सञ्जालमा भने चौथो यात्रु परमिता राणा नै रहेको चर्चा परिचर्चा भइरहेको थियो ।

बूढानीलकण्ठ कार दुर्घटना : मापसे गरेर चलाएको कारमा को थिए ती दुई युवती ?

आफूमाथि आरोप लागे पनि दुर्घटना भएको एक महिनासम्म राणा मौन थिइन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने राणाले आफूमाथि लागेको आरोप न त स्वीकार गरिन् न त खण्डन नै । अहिले आएर भने राणाले उक्त दिन दुर्घटना गराउने बा १४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको स्वीकार गरेकी छिन् ।

फेसबुक स्टाटस लेख्दै राणाले आफूले बल्ल यो कुरा खुलासा गर्ने हिम्मत जुटाएको भन्दै भन्दै उक्त घटनामा माफी मागेकी छिन् ।

‘सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो,’ उनले लेखेकी छिन्, ‘यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’

चार सन्तानले आफ्नो प्रिय आमा र एक पतिले आफूलाई साथ दिने पत्नी गुमाएको भन्दै हरेक विहान आफ्नो हृदय र आत्मामा पीडा र शोक लिएर ब्युझने कुरा भगवानलाई मलाई थाहा भएको उल्लेख गरेकी छिन् । ‘अब म कहिल्यै पहिलेको जस्तो व्यक्ति हुनसक्दिनँ,’ उनले लेखेकी छिन् ।

‘मापसे गरेर गाडी चलाउनु विकल्प नभएर र आफू र अरुलाई सुरक्षित राख्ने मैले चाँडै बुझ्नुपर्थ्यो । मेरो जीवनको हरेक पलमा मलाई मारिरहने छ कि एउटा निर्दोषको ज्यान गएको छ । मैले यो पीडा जीवन भर लिएर बाँचनुपर्छ ।’

परमिताले आफूले पनि आफ्नो पितालाई कार दुर्घटनामा गुमाएको बताउँदै आफूलाई आमाले हुर्काएको र परिवारको सदस्य साथमा नहुनुको पीडा आफूलाई थाहा भएको पनि बताएकी छिन् ।

समाज आफ्नो हैसियत जे भए पनि आफू अन्त्यमा सामान्य मानिस भएको र आफूलाई पनि डर लाग्ने बताएकी छिन् । दुर्घटना भएपछि आफूलाई के गर्ने थाहा नभएको र केही समय कारभित्रै स्तब्ध भएको बसेको र पछि साथीहरुले कारबाट तानेर ‘यहाँ बाट जाऊ’ भनेर भनेको पनि बताएकी छिन् ।

केही समय आफू बाटो पारी सडकको पेटीमा बसेको र स्थानीयहरुले सोध्दा आफू पनि कारमा रहेको भनेर खुलाएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा आफूबारे आएको सन्देश देखेर आफू हरेक दिन र रात रुने गरेको राणाले बताएकी छिन् । घटनापछि परिवारको वकिलले नै आफ्नोबारे नकात्मक कमेन्ट गर्नेलाई ब्लक गर्न सुझाव दिएको र उनले भने अनुसार आफूले अरुलाई ब्लक गरेको खुलाएकी छिन् ।

उनले आफू डिप्रेसनको बिरामी भएका कारण त्यसलाई भुलाउन आफूलाई मनपर्ने ठूलो संगीत भएको स्थानमा नाच्न जाने गरेको तर्क पनि अघि सारेकी छिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.