Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

प्रधानमन्त्रीले नै निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?

User Photo
बुधबार, अशोज १७, २०७५

निर्मला पन्तको हत्याको छानबिनमा सरकारको उदासिनका कारण सदनमा चर्को आलोचना भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताउनुभएको छ ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्न बुधबार महेन्द्रनगर पुग्नुभएका मिश्रले निर्मलाको परिवारसँग भेटघाटका क्रममा निर्मला पन्तको हत्याको छानबिनमा सरकारले चासो नदेखाएको बताउनुभएको हो ।


advertisement

घटनाको पछिल्लो अवस्थाका बारेमा परिवारसँग जानकारी लिएपछि संयोजक मिश्रले निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको बताउनुभयो । उहाँले सत्य र न्यायको लडाईँमा कमजोर बन्न नहुने भन्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको छ’,  मिश्रले भन्नुभयो ‘त्यसैले नै अहिले संसददेखि सडकसम्म सरकारको आलोचना भएको छ ।’

मिश्रलाई घटनाका बारेमा बताउँदै गर्दा निर्मलाका बुबाको गला अवरुद्ध भयो । उहाँले आँसु थाम्न सक्नुभएन ।

‘हामीले पैसा, नोकरी वा अन्य कुनै भौतिक कुरा मागेका छैनौँ’ निर्मलाका बुवाले भन्नुभयो, ‘सरकारसँग छोरीको हत्यारा पत्ता लगाउन भनेका छाँ । छोरीको न्याय मागेका छौँ ।’

घटनाको लामो समय बितिसक्दा पनि अहिलेसम्म न्याय नमिल्नु दुखद् भएको बताउँदै मिश्रले परिवारलाई धैर्य गर्न आग्रह गर्नुभयो ।

‘निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?’, प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै मिश्रले भन्नुभयो ‘अनुसन्धानका लागि १२ वर्ष होइन २४ वर्ष नै लाग्ला । तर, देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति कत्तिको जायज हो ?’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.