Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

धुर्बराज आचार्य लाइ “इन्टेग्रीटी आइडल’ बनाउन भोट दिनु भयो त

User Photo शुक्रबार, मंसिर १४, २०७५

रमेश बजगाइ ,मंसिर १४ लम्की
कैलालीको टिकापुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत धुर्बराज आचार्य लाइ “इन्टेग्रीटी आइडल’ २०१८ बनाउन स्थानीय स्तरमा क्याम्पेन नै सुरु भएको छ ।
टिकापुर र लम्की क्षेत्रमा युवा हरुले उत्कृष्ट ५ मा पर्न सफल आचार्य बिजेता वनाउन विभिन्न माध्यम बाट भोट मागेका छन ।
उहाँ लाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गइ INN टाइप गरि एक स्पेस दिएर 2 लेखी 34001 मा send गर्नु पर्छ ।
साथै www.integrityidol.org मा गइ धुर्ब राज आचार्य लेखेको फोटो तल vote लेखेको ठाउमा क्लिक गरि मंसिर १७ गते राती १२ बजे सम्म भोट दिन सकिने छ ।
२०३८ सालमा सुर्खेतको गर्पन (हाल वीरेन्द्रनगर नगरपालिका–१६) मा जन्मिएका आचार्यले नेपाली र समाजशास्त्र विषयमा स्नात्तकोत्तर तह उत्तीर्ण गरेका छन् । हाल कानूनको अध्ययन गरिरहेका प्रमुख प्रशासकीय अधिकृत आचार्य राष्ट्रसेवक कर्मचारीले आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्दा सेवाग्राही हितलाई पहिलो प्राथमिकता दिनुपर्ने मान्यता राख्दछन् ।
३७ वर्षीय आचार्यले खरिदारबाट सरकारी सेवा आरम्भ गरी हाल उपसचिवका रूपमा काम गरिरहेका छन् । जनताको सेवा गर्ने, मित्रहरू बनाउने र मौका मिले भ्रमण गर्ने रुचि भएका आचार्य सबै तहका सरकार र तिनका सबै अंगहरूमा सुशासन भए मात्रै नागरिकको विश्वास बढने र संघीयता सफल हुने विश्वास गर्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.