Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

स्वास्थ्यकर्मी जगदीश कुवर र पत्रकार खकेन्द्र जैशिद्वारा चुरेका ५० परिवारलाई राहत वितरण

User Photo आइतवार, जेष्ठ २३, २०७८
काठमाण्डाै ।

कैलालीको चुरेमा राहत वितरण गरिएको छ। बढिमालिका पोलि क्लिनिक चौमाला का प्रबन्ध निर्देशक स्वास्थ्यकर्मी जगदीश कुवर र रेडियो सुनौलो एफएम मसुरियाका प्रबन्ध निर्देशक पत्रकार खकेन्द्र जैशिलेको ब्याक्तिगत सहयोग र पहलमा कैलालीको चुरे गाउपालिकाका करिब ५० परिवारलाइ राहत बितरण गरियको हो । जिल्लाको गौरीगंगा नगरपालिका वडा १ चौमालामा रहेको बडिमालिका पोलिक्लिनीकको आयोजनामा र मसुरियामा रहेको रेडियो सुनौलो एफ.एम.को सहजीकरणमा शनिबार चुरे गाउपालिकाको वडा ४ बाटेगडामा राहत वितरण गरिएको हो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि र कोरोना बाट सृजना भएको विषम परिस्थितिमा सरकारद्धारा वैशाख १६ गतेदेखि देशभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण दैनिक ज्लालादारी गरि जिवन चलाइरहेका तथा अति विपन्न परिवारको विहान बेलुकाको छाक टार्न निकै कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गरि केहि राहत होस भन्ने उद्देश्यका साथ राहत वितरण गरिएको बडिमालिका पोलिक्लिनिकका प्रवन्ध निर्देशक जगदिश कुँवरले बताए ।

चौमालामा रहेको बडिमालिका पोलिक्लिनिकका प्रबन्ध निर्देशक जगदिश कुँवरको सभाध्यक्ष भएको उक्त राहत वितरण कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण मल्ल रहेको थिए । त्यसैगरी अतिथिमा सरस्वति आ. वि. का अध्यक्ष कर्ण बहादुर बरैँ, बसन्त हरियाली सा.व.का अध्यक्ष नर बहादुर बरैँ, सरस्वति आ.वि.का प्र.अ. राजेन्द्र बरैँ, समाजसेवि बुद्धिजिवी पुर्ण ब. तारामी, कृषि समुहका अध्यक्ष भावना साउँद, कलाकार जिवन गुरुङ्ग, बडिमालिका पोलिक्लिनिकको स्वास्थकर्मी खुशि सापकोटा र दुर्गा जोशि, रेडियो सुनौलो एफ.एमका स्टेशन म्यानेजर मञ्जु भण्डारी लगाएत स्थानियको सहभागितामा राहत वितरण गरिएको हो ।

राहत सामाग्रीमा खाद्यान्न लगाएत स्वास्थ्य सामाग्रीहरु त्यहाँका ५० घरपरिवारलाई वितरण गरिएको हो ।

यो महामारीको विषम परिस्थितिमा पनि घरदैलोमै पुगि राहत पाउँदा आफुहरु निकै खुशि भएको स्थानियले बताएका छन् ।

कार्यक्रमको सञ्चालन कैलालीको मसुरियामा रहेको रेडियो सुनौलो एफ.एमका प्रवन्ध निर्देशक खकेन्द्र जैशिले गरेका थिए ।

 

यो पनि


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.