रित्ता गोठका यी उपिंयाहरुले सिकेको राजनीतिक कु-संस्कार, बिकास गरेको रैती नेतृत्व, सामाजिक-सांस्कृतिक चेतनाको स्तरहिनता, सैद्धान्तिक बैचारिक सुन्यता, व्यवहारिक दरिद्रता, सत्तास्वार्थ संगसंगै आमनागरिकको नजरबाट पार्टीलाई ध्वंस गर्ने मात्र नभएर समग्र बामपन्थी अन्दोलनलाई नै बिस्तापित गर्ने ढृढ अठोटका साथ कलंकित कठपुतलीहरुबाट प्रदर्शन गरिएको नांगोनाच बारे देश दुनिया जानकार नै छ ।
सामाजिक, आर्थिक रुपान्तरण संगै शोषित, पीडित नागरिकहरुको जीवनस्तर बदल्दै देशको समृद्धीको सुमार्गमा हातेमालो गरेर दुबो मौलाए झै मौलाउनु पर्ने बेलामा कार्तिक-मंसिर मासका कुकुर बौलाए झै बौलाएको व्यवहार देख्दा समग्र रास्ट्र र सम्पुर्ण अग्रगामी नेपालीहरुलाई दु:खी तुल्याएको छ । नेकपालाई बलात्कार गर्ने अन्तिम कुचेष्टाबाट ग्रसित यी ट्यापे, मुन्द्रे, हुक्के र चम्चेहरुबाट यस्ता घटिया हर्कत, छटपटाहट र ऐठनहरु प्रकट भएका देखिन्छन ।
पार्टी र देशलाई सधैभरि बन्दक बनाएर, देशमा हत्याहिंसा फैलाउने, जातीय क्षेत्रीय द्वेष अझ चर्काउने, सामाजिक सद्भाव च्यात्ने, अराजकता र अनुशासनहीनताको लक्ष्य लिएर आएकाहरु भारतबाट परिचालित, भारतका बफादार नोकरहरु हुन । आजभोली पार्टी एकताको नाममा खोक्रो बिधिको नांगोनाच देखाउन लागी परेकाहरु त अझ खास, सत्ताका भिजिलान्ते हुन, रास्ट्र र सरकारले असल मनसायका साथ हामी नागरिकको हितमा चालेको पहल कदमीमाथी बिरोधाभाष स्थिति शृजना गर्नेहरु बिनासका लक्षणहरु हुन ।
आलोचक, प्रतिपक्ष या अग्रगामी शक्ति आफूभन्दा माथि देख्यो कि जाई लाग्छन् । हिंस्रक उपकरण त हुन् नै, चिन्तनमा पनि अतिवादी । यीनको चिन्तनको रंग सेतो या कालो बाहेक अरु हुँदैन । यीनका विचारको ढाँचा ठ्याम्मै कनिष्ट बुशसंग मिल्दोजुल्दो रहेको छ, जो भन्ने गर्थे, ‘you’re either with us, or against us’। यीनीहरु किन यसो गर्छन् ? किनभने यीनीहरु सत्ता प्रति अनुगृहित हुन्छन् । सत्ताको वरद हात यीनको थाप्लोमा हुन्छ, यीनको गुजारा नै सत्ताको भूमिगत भण्डारबाट हुन्छ ।
यी अक्सर मधुशालामा भेटिन्छन, गिलास फुटाउने, कुर्सि भाँच्ने, मुक्कामुक्की गरी हाल्ने यीनका सामान्य दिनचर्या हुन् । सामाजिक मर्यादा यी लाचारहरुको शब्दकोशमा हुँदैन । व्यभिचार यीनको कर्म काण्ड हो, सामाजिक फासिवादी हुन् । राहु र केतु त केहि समयमा आफै हटेर जान्छ्न भने आफ्नै पार्टीको खेदो खन्दै आफ्नै इतिहासमा खरानी घस्न अहोरात्र लागीपरेका यी खुराफाती मसानहरुको हिसाबकिताब समयले आफै चुक्ता गर्नेछ । अहिलेलाई बिचरा भन्नु सिबाय केहि बाकी रहेन । अरु केही ? निस्चित रुपमा, भुक्तभोगीहरुले थपे हुन्छ !!
