शासन पद्धती फेर्ने धेरै आन्दोलनहरु पश्चात मुलुकको आर्थिक सामाजिक रुपान्तरण सगै जनताको मुहारमा खुशीयाली ल्याउने समय हो, अबको समय ।
मोर्चामा पाएको जीम्मेवारीलाई मुलुक र आमजनताको जीवन पद्दती बदल्न केन्द्रित हुनुपर्ने यस समयमा कर्णालीको नेतृत्व गरेको छु भन्ने अवसरवादी ब्यक्ति र उनका दले, खले, हुक्के र चम्चेहरु ब्यक्तिगत स्वार्थ र सत्ताको मातमा लुटपाट धन्दा अनि सामाजिक नभई पारिवारिक आर्थिक समृद्दिमा लम्केका कैयन उदाहरण हामी माझ प्रस्ट भएका छन जस्ले गर्दा समाज र राष्ट्रमा समाजबाद होईन पूजीपती र गरिबको खाडल फराकिलो हुनेमा कुनै शंका छैन ।
अब आउने हरेक निर्वाचनहरुमा घर दैलो कार्यक्रम गरेर भोट माग्ने हैसियत समेत गुमाएका, कर्णालीमा बिकास र परिवर्तनको नाममा सोझासाझा जनतालाई ठगठाग, लुटपाट र चोरीडकैती गर्दै सामाजिक आतंक मच्चाएका, लडाकु शिबिर घोटालाको प्रारम्भिक चरणदेखी नै एउटा हिस्सेदार; अपराधका शिरोमणि अर्थात प्रचण्डको चम्चागिरि गर्ने कुख्यात चण्डालले कालिकोट जिल्ला आफ्नो ससुरालीको दाइजो ठान्दै, आफू कर्णालीको एक उदाउदो महा-सामन्त हुँ भन्ने तवरबाट संचारमाध्यमको दुरुपयोग गरि अन्तरवार्ता दिने काम गरेछन ।
हत्या, हिंसा, चोरी डकैती, चन्दा आतंक र लुटपाटलाई महान क्रान्ति र प्रतिशोध, पुर्वाग्रह, कुण्ठा, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण गरिएको वा पोखिएको कुरालाई कर्णालीको बिकास र परिवर्तन ठान्ने मानसिकता बोकेको एउटा सानो अराजक, अराजनीतिक, असहिष्णु, स्वार्थी, कुनै राजनीतिक मुल्य मान्यता, बिचार दृस्टिकोण र आदर्श नभएको समूहलाई जनताले आफ्नो नेतृत्वको रुपमा बिश्वास गर्नु नै त्यहाका जनताको ठुलो भुल बाहेक अरु केहि हुन सक्दैन ।
दलाली गरेर बाचेको उक्त नाफाखोर समुहलाई जनताले नै कालोमुसो दलि, जुत्ताको माला लगाएर समाजबाट बहिस्कार गर्ने दिन अब धेरै टाढा छैनन । जनतालाई सुख दुखमा साथ दिने बेला, नौ डाँडा काटेर भागेका जालीहरु फेरि भ्रम छर्न उद्दत बनेछन । बहस गर्ने क्षमता गुमाएपछि, बिचारमा खडेरी परेपछि, बौद्धिकतामा ह्रास आएपछि, विवेकमा तुवाँलो लागेपछि , मानवतामा कुईरो लागेपछि मान्छे आफ्नो मान मर्यादाको समेत उपहास गर्दै शारिरीक बल देखाउदै धम्कि र शासकको भाषा प्रयोग गरेर तोडफोडमा उत्रन्छ र आफ्नो अराजक चरीत्र प्रदर्शन गर्दछ । कुनै बिचार र दृस्टीकोण बिनाको उक्त झुण्डको मतिगति पनि ठिक यस्तै चलेको छ ।
त्यसैले, श्रमिकको राजनीति उदाउदो नव सामन्तले गरेर हुँदैन, कर्णालीका झुपडीको राजनीति चोरी डकैती, लुटपाट र हत्याहिंसाको इतिहास भिरेको व्यक्तिले गरेर हुँदैन ।
