Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

यू-१९ एसिया कप छनोटकाे पहिलाे खेलमा नेपाल १० विकेटले विजयी

User Photo बुधबार, असार १८, २०७६
काठमाण्डाै ।

यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो । मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने ।

कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए ।

दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू-१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.