केही दिन अघि मदनजयन्तिमा प्रधानमन्त्री ज्युले भन्नुभयो काठमाडौ अहिले माक्स लाउन पर्छ र ? त्यति भनिरहदा हामी मुसुमुसु हास्यौ केही बोलेनौ । गोजिभित्रको माक्स छाम्दै फेरि उहाँले भन्नू भयाे, अस्ति भनेको कुरालाई उडाउन माक्स लगाउन सुरु भयो रे !
यदि साच्चै मनै देखि आफैले बुझेर देखेर प्रधानमन्त्री ज्युले गरेको हो भने यो बिल्कुल गलत हो । यदि होइन एकछिन हसाइदिउ न भनी भनेको हो भने, त्यो पनि गलत छ । किनकी यो हसाउने बेला होइन देशलाई एउटा रफ्तारमा अघि बढाउने बेला हो ।
साच्चै भन्ने हो भने ५% प्रतिसत पजेरो चढ्ने बाहेक अरु बाकी ९५ प्रतिसतले माक्स लगाउछ्न । अब के ती सबै कम्युनिस्ट बिरोध हुन त ?? त्यो पनि गलत हो । तपाईंलाई कोहि पजेरोधारी कार्यकर्ताको सल्लाहले उक्त कुरा गरेको हो भने तपाई १००% गलत हो । आफै साेच्नुस त, ९५ प्रतिशत माक्स लगाएर बाटाेमा धुलाे छल्दै हिडने सबै कम्युनिस्ट बिराेधी भए चुनावमा कसरी जितियाे हाेला ? ति मतदाताकाे चित्त दुख्ने गरी जथाभावि बाेलेर कसरी लाेकप्रिय सरकार हुन सकिन्छ ?
प्रधानमन्त्री ज्यु, यस्ता कुरा नेता र कार्यक्रतालाई हाेइन, तपाई आफै भेटेर साइकलमा दिनभरि पाउरोटी बेच्ने स्वाभिमानी संग सोध्नुस, जो जिन्दगीभर सुर्यलाई भोट हाल्छ । सुर्य बाहेक अरू चिन्हमा भोट हाल्न खोज्दा हात थर थर काम्छ ।
के यो उसको कमजोरी हो प्रधानमन्त्री ज्यु ? पछुवाहरु धेरै हुन्छन् तर खास सल्लाह दिने पछुवाको पछुवा त्यसपछिको पछुवा बनाइन्छ त्यो खोइ बुझेको ?
तिनको कुरा सुन्नुस जो जनताको गुलामी गर्छ्न, कुनै नेताकाे हाेइन । त्यही धुलोमा जन्मन्छन त्यही धुलोमा सेवा गर्छ्न गुन्द्रीमा बसेर खेतको डिलमा बसेर अनि चौतारीमा बसेर योजना बनाउछ्न । अनि जनताको गुलाम भएर सेवा गर्छ्न पदका लागि नभई प्रतिश्ठाका लागि ।
त्यसैले प्रधानमन्त्री ज्यु पदका दास भन्दा प्रतिष्ठाका दाससङ्ग बसेर सुझाव लिनु पर्यो अनि योजना बनाउनु पर्यो । नत्र हामी सबैको खतराकाे घण्टी बज्न सक्छ। मेरो देशको स्वाभिमान यहि कम्युनिस्ट पार्टिले जोगाउछ भनेर लाग्ने लाखौं कार्यकर्ताको मनमा बज्र नठोकियोस, समयमा बिर्को उघारियोस कि बिर्को बन्द गर्ने दलालका ठेकेदारहरुलाई निकालियोस।
सबैलाई रातो सलाम !
जय स्वाभिमान !
