Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सरस्वती मावि, घाटगाँउमा अनेरास्ववियुकाे ५१ सदस्यीय मावि एकाइ कमिटी गठन

User Photo मङ्लबार, माघ २०, २०७७
सुर्खेत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा- ओली पक्ष) निकट अनेरास्ववियु, जिल्ला कमिटी सुर्खेतले जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी विस्तारलाई तिव्रताका साथ अघि बढाएकाे छ ।

यसै क्रममा मिती २०७७ साल माघ २० गते सरस्वती मावि, चौकुने- १०, घाटगाँउमा अनेरास्ववियुकाे ५१ सदस्यीय मावि एकाइ कमिटी गठन गरिएकाे अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाँउ कमिटी सयोजक इन्द्र बहादुर चलाउनेले जानकारी दिएकाछन।

माघ ११ गतेको अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतको निर्णय अनुसार जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी गठन गर्ने अभियान सुरु भएकाे चलाउनेले बताए ।

सरस्वती माविमा जिल्ला सदस्य चलाउनेकाे संयाेजकत्वमा एक कार्यक्रम गर्दै कमिटी घाेषणा गरिएकाे हाे । कार्यक्रमकाे प्रमुख अथिती जिल्ला कमिटी कार्यलय सदस्य केशब साउद, विशेश अतिथीमा नेकपा का आदिवासी जनजाति को केन्द्रीय सदस्य क नैन बहादुर राझी विशेषअतिथि जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यापुर जनता बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष जीवन तिरुवा रहेका थिए ।

कार्यक्रम संचालन जिल्ला कमिटी सचिवालय सदस्य तथा चौकुने गाउँ कमिटिका सचिव रिता कुमारी रोकाय ले गरेका थिए ।

सरस्वती माविको इकाइ कमिटीकाे अध्यक्षमा मातृका खनाल चयन भएकाछन । त्यसैगरी उपाध्यक्षमा जमुना बिस्ट, सचिवमा रमेश थापा, सह-सचिवमा गणेश बिक, पबित्रा थापा, बिनोद न्याैपाने र काेषाध्यक्षमा कल्पना खनाल रहेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.