Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

सार्वजनिक स्थल र यौन दुर्व्यवहार

सार्वजनिक स्थलमा अश्लील बोली वचन , इशारा प्रयोग गर्नु वा अश्लिलता प्रयोग गर्नु सार्बजनिक अपराध हो ।

User Photo
शनिबार, बैशाख १८, २०७८
लम्की, कैलाली ।

सार्वजनिक स्थान भनेका त्यस्ता स्थानहरु हुन जो सम्पुर्ण व्यक्तिहरुका लागि खुल्ला गरिएको हुन्छ । जस्तो बजार, धार्मिक स्थल, सार्वजनिक यातायात , पार्क, सिनेमा हल इत्यादि हुन । यसैगरि कुनै पनि व्यक्तिलाई यौनिक रुपमा होच्याउने, असुरक्षित यौन सम्पर्कका लागि दबाब दिने, बलात्कारको प्रयास गर्ने, छेडखानी गर्ने, शरीरका संवेदनशील अङ्गहरु समाउने, अश्लील फोटोहरु खिच्न लगाउने र त्यस्ता फोटोहरुलाई सामाजिक संजालमार्फत प्रसार प्रचार गर्ने कार्यहरु यौन दुर्व्यवहार अन्तर्गत पर्दछ्न ।

सार्वजनिक स्थलमा अश्लील बोली वचन, इशारा प्रयोग गर्नु वा अश्लिलता प्रयोग गर्नु सार्बजनिक अपराध हो । मुलतः यौनदुर्व्यवहारको घटनाहरु महिला, बालबालिका तेस्रोलिङ्गी वर्गहरु माथी हुने गरेको छ । यौन दुर्व्यवहार भनेको यौन मनसायले गरिने आचरण हो । यो सम्बन्धित अर्को व्यक्तिलाई स्विकार्य नहुन सक्छ ।


advertisement

यौन दुर्व्यवहार घर, परिवार, समाजबिच लुकेर बसेको छ । यस्तो व्यवहार जो कोहि बाट भइरहेको हुन सक्छ । कसैले असहज हुने गरि घुरेर हेर्नू , सुसेली बजाउनु, यौनजनित अश्लील इशारा वा हाउभाउ गर्नु, जिब्रो पड्काउनु, तस्विर प्रयोग गरेर गरिने दुर्व्यवहारहरु यौन दुर्व्यवहार अन्तर्गत पर्दछ्न ।

यौन दुर्व्यवहारको शिकार परिचित तथा अपरिचित व्यक्ति जो कोहिबाट हुन सक्दछ । दुर्व्यवहार बजार , धर्मिक स्थल , सार्वजनिक यातायात इत्यादि ठाउमा हुन गएमा त्यसलाई सार्वजनिक यौनदुर्व्यवहार अन्तर्गत राखिन्छ । दुर्व्यवहारका घटनाहरु हर बखत भइरहेका हुन्छन् तर त्यस्तो घटनालाई यौन दुर्व्यवहारको रुपमा बुझ्न सकिरहेका छ्न या छैनन भन्ने कुरा हो ।

दुर्व्यवहार परिवारभित्र , काम गर्ने कार्य स्थलमा , सार्बजनिक क्षेत्रमा जस्तो सुकै अवस्थामा हुन सक्दछ्न र यस्तो घटनामा प्रत्यक्ष रुपमा महिलाहरु पर्ने गरेका छ्न । दैनिकी रुपमा सार्वजनिक यातायातमा हुने मानिसहरुको भिडभाडले खेप्नु परेको दुर्व्यवहारका घटनाहरुले असहज वातावरणको सिर्जना गरेको छ । यसरी दुर्व्यवहारलाई डाढस दिने काम तपाईं हाम्रो पृतिसत्तात्मक सोच पनि हो ।

हामीले जति सुकै ठूलो कुरा गरे पनि महिला वर्गलाई हेर्ने नजरमा परिवर्तन आएको छैन । बिगतको बर्षलाई हेर्दा सार्बजनिक रूपमा निर्माण गरिएका आइसोलेसन क्षेत्रहरुमा नै यौन दुर्व्यवहारका घटना , बलात्कारको प्रयास र बलात्कारका घटना भएका देखिन्छन ।

नेपालमा यस किसिमको घटनाको लागि कानुनी व्यवस्था रहेका छन् ।मुलुकी अपराध संहिताले कानुनी व्यवस्था गरेको छ । जसमा- दफा २२४ ले यौन दुर्व्यवहार गर्न नहुने भनी व्यवस्था गरेको छ। यस दफाले यौन दुर्व्यवहार कसलाई भन्नी भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ ।

कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तीलाई निजको मन्जुरी बिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा , निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा , निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाँउमा लगेमा , यौन सम्बन्धि आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा , निजसङग अश्लील वा अन्य यस्तै प्रकारको शब्द मौखिक , लिखित वा सांकेतिक रुपमा वा विधुतिय माध्यमबाट प्रयोग गरेमा , अश्लील चित्र वा तस्वीर देखाएमा , यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसङग अस्वाभाविक , अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मनिनेछ । साथै सजायमा कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयासम्म जरिवाना हुनेछ भनी उल्लेख गरेको छ ।

यसैगरी -दफा १२२ ले सार्वजनिक स्थानमा यौनाङग देखाउन नहुने भनेर व्यवस्था गरेको छ । यदि यस्तो कार्य कसैले गरेमा निजलाई छ महिना सम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था गरेको छ ।

यसका साथै – दफा १२३मा सार्बजनिक स्थानमा यौन क्रिया गर्न नहुने भनेर व्यवस्था गरेको छ । यस्तो कार्य गर्ने व्यक्तीलाई एक बर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी व्यवस्था गरेको छ ।

यसरी कानुनी तवरले नै यौन दुर्व्यवहारलाई अपराधीकरण गरि दिदा पनि यस्ता घटनामा कमि आएको देखिदैन ।

यसरी कानुनको राम्रो व्यवस्था हुदाहुदै पनि दुर्व्यवहारका घटनाहरु कम नहुनुमा हाम्रो सामाजिक परिवेशको पनि कमि कमजोरी छ भन्ने भान हुन्छ । हामी सानै देखि बालबालिकालाई सामाजिकिकरण गर्दा खेरी नै दुई बिच एक किसिमको बिभेदबाट सामाजिकिकरण गरिरहेका हुन्छौं । यसको असरले नै उनीहरुको मानसिकतामा फरक पर्न जान्छ ।

यसले पनि केही हद सम्म यौन दुर्व्यवहारका घटना घट्न मद्दत दिएको जस्तो देखिन्छ । यसका साथै अहिलेको हाम्रो अत्याधिक प्रयोग हुने सामाजिक संजालले पनि यस्ता घटनालाई बढावा दिइरहेको छ । सामाजिक संजालमा अश्लील फोटो , चित्र हाल्ने , कसैको चरित्र हत्या गर्ने गरि नराम्रो तवरले कमेन्ट गर्ने ,पोस्ट हाल्ने इत्यादि कार्य हुने गर्दछ्न । यो पनि एक तवरले अपराध नै हो ।

यौन दुर्व्यवहारका घटनाहरुले बलात्कार , हत्या , एसिड प्रहार जस्ता ठुला अपराधलाई प्रसय दिने काम गरेको छ । यदि यस किसिमको दुर्व्यवहारलाई खुलेर प्रतिकार गरेमा बलात्कार , एसिड प्रहारका घटनामा कमि आउथे कि । दुर्व्यवहारलाइ काम गर्न मानिस शिक्षित मात्र भएर हुदैन चेतनशिल हुनु जरुरी छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.