Kanoon Post
बिहिबार, चैत्र १५, २०८०/ March 28, 2024,
बिहिबार, चैत्र १५, २०८०

Trending :

No tags found.

हेर्नुहाेस- सन्दीप क्षेत्रीकाे सर्ट मुभि ‘लकडाउन’

कुनै पनि कलाकार संग नभेटेरै बन्याे चलचित्र

काठमाण्डाै ।

हाँस्यकलाकार सन्दीप क्षेत्रीले निर्माण गरेकाे सर्ट मुभि लकडाउन युवट्युवमा सार्वजनिक भएकाेछ । होम क्वारेन्टाइनमा बसिरहेकै वेला हाँस्यकलाकार सन्दीप क्षेत्रीले एक छोटो चलचित्र बनाएका हुन । उनले घरमा बसेर नै विभिन्न कलाकारहरु अभिनय गराएर भिडियो तयार गरेका छन् ।

उक्त छोटो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ लगायत पनि छन ।

तर रमाइलाे कुरा के छ भने उक्त भिडियो बनाउन वा छायाँङ्कनका लागी कुनै पनि कलाकार एक अर्कासंग भेट गरेकाछैनन । सन्दीपले कुनै कलाकारलाई भेटेर तयार गरेका होइनन् । सबै कलाकारहरुलाई सन्दीपले उनीहरुको भूमिका पठाए । उनीहरुले बोल्नु पर्ने संवाद पठाए । सोही अनुरुप कलाकारहरु आफैँले उक्त भिडियो खिचेर सन्दीपलाई पठाए ।

सन्दीप आफैँले लेखेको उक्त छोटो चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक युवाको कथालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading