कोरोना अपडेट

गोरखाका एक युवामा पनि कोरोना पोजेटिभ देखियाे

मङ्लबार, बैशाख २, २०७७, काठमाण्डाै । 

विदेशबाट फर्किएका गोरखाका एक युवामा पनि कोरोना पोजेटिभ देखिएको छ । मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधि (आरडिटि) बाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताएका छन।

ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए। विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। यस्तै फागुनमा दुवइबाट फर्किएका ३१ वर्षीय अर्का एक जनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आए पनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ। उनीहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन्।

यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ। उनीहरुको परिवारलाई होम क्‍वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाटफर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गरेको थियो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै