काेराेना- नेपाल

सबैभन्दा धेरै पर्सामा ८२ जना, कुन जिल्लामा कति पुगे संक्रमित ?

बुधबार, बैशाख ३१, २०७७, काठमाण्डाै । 

विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भए । यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणअनुसार भक्तपुर, महोत्तरी र सर्लाहीमा पहिलो पटक संक्रमण पुष्टि भएको हो ।

यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् । एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यसअघि काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भइसकेका थिए ।

कुन जिल्लामा कति पुगे संक्रमित ?

पर्सा- ८२ जना

उदयपुर- ३० जना

मोरङमा- २ जना

कपिलवस्तुमा- २९ जना

बाँके- २४ जना

रुपन्देही- १६ जना

काठमाडौं- ४ जना

धादिङ- २ जना

कैलाली- ४ जना

बारा- ३ जना

धनुषा- ३ जना

रौटहट- ३ जना

बागलुङ- २ जना

चितवन- २ जना

झापा- २ जना

महोत्तरी- २ जना

भक्तपुर- २ जना

बर्दियामा- १ जना

भोजपुर- १ जना

कञ्चनपुर- १ जना

सप्तरी- १ जना

र सर्लाही- १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै