
शनिबार, अशोज १०, २०७७, काठमाण्डाै ।
चितवनमा मृत्यु भएका कैलालीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
गोदावरी नगरपालिका-१ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ९ गते अस्पताल भर्ना भएका थिए ।
इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।