फागुन ३० बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार चढावमा देखाउन खोजिएको छ ।
सुदर्शन थापा निर्देशित फिल्ममा पल र पूजाको अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।
एक महिलाको गायिका बन्ने संघर्षको बिषयमा बनेको फिल्ममा शिवम् अधिकारी र दिनेश न्यौपानेले कथा लेखेका हुन् ।
बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा अर्जुन पोखरेलको संगीत छ ।
