अनेरास्ववियु

देबिस्थान मावि चौकुने- १०, कुमालामा अनेरास्ववियुकाे २५ सदस्यीय कमिटी गठन

सोमवार, माघ १९, २०७७, सुर्खेत । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा- ओली पक्ष) निकट अनेरास्ववियु, जिल्ला कमिटी सुर्खेतले जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी विस्तारलाई तिव्रताका साथ अघि बढाएकाे छ ।

यसै क्रममा मिती २०७७ साल माघ १९ गते देबिस्थान माबी चौकुने- १०, कुमालामा अनेरास्ववियुकाे २५ सदस्यीय मावि एकाइ कमिटी गठन गरिएकाे अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाँउ कमिटी सयोजक इन्द्र बहादुर चलाउनेले जानकारी दिएकाछन।

माघ ११ गतेको अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतको निर्णय अनुसार जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी गठन गर्ने अभियान सुरु भएकाे चलाउनेले बताए ।

देबिस्थान माविमा जिल्ला सदस्य चलाउनेकाे संयाेजकत्वमा एक कार्यक्रम गर्दै कमिटी घाेषणा गरिएकाे हाे । कार्यक्रमकाे प्रमुख अथिती जिल्ला कमिटी कार्यलय सदस्य केशब साउद, विशेश अतिथीमा जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यापुर जनता बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष जीवन तिरुवा रहेका थिए ।

कार्यक्रम संचालन जिल्ला कमिटी सचिवालय सदस्य तथा चौकुने गाउँ कमिटिका सचिवले गरेका थिए ।

देबिस्थान माविको इकाइ कमिटीकाे अध्यक्षमा दिनेश बहादुर शाही चयन भएकाछन । त्यसैगरी उपाध्यक्षमा उर्मिला खनाल, सचिवमा दिनेश बिक, सह-सचिवमा बिमला बिक र काेषाध्यक्षमा रोसनी कुमारी शाही रहेकाछन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ६ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै