Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

सन्नी लियोनी देखाएर प्रचार भएको ‘पासवर्ड’को व्यवसाय के होला ?

अश्लिल फिल्मबाट बलिउड भित्रिएकी सन्नीको पहिलो फिल्म

User Photo मङ्लबार, भदौ २४, २०७६
काठमाण्डाै ।

काठमाडौं । फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रचारमा सन्नी लियोनीको विषयबस्तु अगाडि सारेको छ ।

‘पासवर्ड’मा सन्नी, सन्नीको आइटम रहेको छ भने यसैलाई निर्माण युनिटले फिल्मको प्रचार माध्यम बनाएको छ ।

अश्लिल फिल्मबाट बलिउड भित्रिएकी सन्नीको आइटम रहेको यो पहिलो नेपाली फिल्म हो । त्यसैले पनि अहिले यसको चर्चा छ । फिल्मको आइटम गीतमा उनले बोल्ड ठुम्का लगाएकी छन् ।

पछिल्लो समय नेपाली फिल्मको व्यवसाय जम्न सकेको छैन । कुनै पनि नेपाली फिल्मले लगानी उठाउन सकिरहेको छैनन् । सन्नीको कारणले ‘पासवर्ड’ले राम्रो व्यवसाय गर्ने निर्माण युनिटको दाबी छ ।

बुधबार अर्थात २५ भदौमा प्रिमियर हुने र प्रिमियरका लागि सन्नी नेपाल आउने भनेर निर्माण युनिटले प्रचार समेत गरिरहेको छ । तर सन्नी नेपाल आउने नआउने अझै टुङ्गो छैन ।

अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, रवीन्द्र झा, प्रविण खतिवडा, धीरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ ।

सम्राट बस्नेतको निर्देशन रहेको ‘पासवर्ड’ नेपालबाट चोरेर लण्डन पुर्याइएको मन्दिरको मूर्ति नेपाल फिर्ता गर्न एक नेपालीले गर्ने संघर्षको कथा निर्माण भएको हो ।

लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा ‘पासवर्ड’ले भरपूर मनोरञ्जन दिने बताउँदै आएका छन् । फिल्ममा सन्नी रहनु देशको पनि प्रचार हुने बताउँछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.