Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

वार्ता गर्न गएका पत्रकार सिंहदरबारबाट समातिए

User Photo सोमवार, भदौ ३०, २०७६
काठमाण्डाै ।

काठमाडौं। रेडियो नेपालबाट निष्कासित पत्रकार पुनर्बहालीको मागसहित वार्तामा गएका नेपाल पत्रकार महासंघका प्रतिनिधि र पत्रकारलाई पक्राउ गरिएको छ। सोमबार दिउँसो वार्तापछि आफूहरूलाई प्रहरीले रेडियो नेपाल गेटबाटै पक्राउ गरेको महासंघका केन्द्रीय सदस्य मिन बमले जानकारी दिए।

पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य यम विरही, जन्मदेव जैसी, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, योगेन्द्र बलायर, दिलीप पौडेल, निष्कासित पत्रकारहरू चक्र कुवँर र प्रकाश बम छन्।

रेडियो नेपाल दिपायलबाट निकालिएका पत्रकार चक्र कुँवर, प्रकाश बम र सुनिता रावललाई पुनर्बहालीको मागसहित उनीहरू रेडियो नेपाल व्यवस्थापनसँग वार्ता गर्न गएका थिए। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग भएको वार्तामा कुरा नमिलेपछि वार्ता टोलीमा रहेकाहरू बाहिरिएका थिए।

वार्ता टोलीसहित करिब ४० को संख्यामा रहेका पत्रकारहरूले रेडियो नेपालको गेटमा ताला लगाउन खोजेपछि प्रहरी आइपुगेको थियो। ‘वार्ताका लागि बोलाएर कार्यकारी निर्देशक कार्कीले प्रहरी बोलाउनुभयो’, महासंघका केन्द्रीय सदस्य बमले भने, ‘यो पत्रकारमाथिको ज्यादति हो।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.