Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

जेष्ठ पत्रकारलाई पेन्सन

दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार

User Photo बिहिबार, फाल्गुन ८, २०७६
काठमाण्डाै ।

बागमती प्रदेशले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष पुगेका पत्रकारलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ । यसका लागि यो वर्ष १५ लाख छुट्याइएको वागमती प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । जेष्ठ पत्रकारलाई मासिक ३ हजारका दरले पेन्सन दिने व्यवस्था गरिएको छ ।

आगामी दिनमा डेढ करोड रुपैयाँको कोष बनाउने र त्यसबाट आउने ब्याजबाट पेन्सनको व्यवस्था गर्ने योजना रहेपनि त्यस्तो कोष सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई नभएका कारण समस्या परेको सापकोटाले बताए । कोष कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे प्रयास थालिएको उनको भनाइ छ ।

यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधि पारित भएको उलने बताए । दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार दिने र क्यान्सर तथा मृगौला रोगबाट थलिएका पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने योजना बनाएको छ ।

यस्तै सुत्केरी महिला पत्रकारलाई प्रोत्साहन स्वरुप २० हजारका दरले ४ वटा फेलोसिप दिने योजना बनाइएको छ । सुत्केरी भएपछि धेरैजसो महिला पत्रकारले काम छोड्ने गरेका कारण उनीहरुलाई पेशामा टिकाइराख्नका लागि यो योजना अघि सारिएको उनले बताए ।

वागमती प्रदेशको प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म ९० जना पत्रकारले परिचय पत्र लिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.