झापाकाे शान्तिनगरमा ११ जनाको आरडिटी परिक्षण

मङ्लबार, बैशाख ३०, २०७७, झापा । 

बुद्धशान्ति-५ शान्तिनगरमा ११ जनाको र्यापिड डाइग्नसिस टेस्ट (RDT) परिक्षण भएको छ। भारत लगायत तेश्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ परिक्षण गरिएको शान्तिनगर स्वास्थ चौकिका प्रमुख भरत खतिवडाले बताएका छन्।

“हामिले माथिल्लो निकायसँग पिसिआर(PCR) परिक्षणका लागी माग गरिरहेकै छौ, अहिले पहिलो चरणमा बाहिरबाट आएका ११ जनाको RDT परिक्षण गरेका हौं” उनले भने।

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।

RDT परिक्षणमा उक्त एन्टिबडिको परिक्षण हुने हो। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ।

शरीरमा एन्टिबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

गत चैतमा लकडाउन शुरुभएलगत्तै वडास्तरीय र्यापिड रेस्पोन्स टिमले (RRT) भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुलाई उच्च निगरानी राखी ६ जनालाई छुट्टै क्वारेन्टाइन र ५ जनालाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको बुद्धशान्ति-५का वडासदस्य डेगेन्द्र कार्कीले बताए।

त्यस यता काठमाडौबाट फर्किनेहरुको संख्या पनि ठूलो छ। गाउँपालिका र अन्य जुनसुकै माध्यमबाट घर फर्किएकाहरु पनि उच्च निगरानीमा रहेको उनले दावी गरे।

यता RDT परिक्षण पश्चात् आफुहरु पनि ढुक्क भएको गत चैतमा कतारबाट फर्किएका रविन भट्टराईले बताए। उनी भन्छन्,”हामी १४ दिनमात्रै होइन अहिलेसम्म पनि लकडाउन पालना गरेरै बसेका छौं, अब यो परिक्षण भएपछि बल्ल ढुक्क भयौं”।

परिक्षण गरिएका सबै ११ जनामा RDT रिपोर्ट नेगेटिभ आएको छ। परिक्षणका क्रममा बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख, इलाका प्रहरी कार्यलयका प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र वडा न.५ का र्यापिड रेस्पोन्स टिमका सदस्यहरुको सहभागिता थियो।

उक्त परिक्षण बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको संयोजनमा भएको थियो

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै